वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?

बुधबार साँझदेखि परेको वर्षाका कारण देशका विभिन्न राजमार्गमा बाढी र पहिरो गएको छ ।

पहिरोका कारण केही स्थानमा सडक पूर्णरुपमा बन्द भएको छ भने केही स्थानमा एकतर्फी रूपमा यातायात आवागमन सुरु गरिएको छ ।

नेपाल प्रहरीले जारी गरेको बिहान ८ बजेसम्मको अपडेट अनुसार विभिन्न ९ स्थानका राजमार्गमा पहिरो गएको छ ।

जसमध्ये ३ स्थानमा बाटो पूर्णरुपमा अवरोध छ भने ५ स्थानमा एकतर्फी सञ्चालनमा आएको छ । एक स्थानमा भने पहिलो पन्छाएर बाटो पूर्ण रूपमा सुरु भइसकेको छ ।

प्रहरीका अनुसार रुकुम पश्चिमको राप्ती राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरोध छ ।

त्यस्तै, कालिकोटको सुर्खेत–हुम्ला सडक र सल्यानको जाजरकोट सडक पहिरोका कारण पूर्णरुपमा अवरोध छ ।

हेर्नुहोस् सूचीः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *