चितवनको टिकौली जंगलमा ट्रक र जिप ठोक्किए

चितवनको भरतपुर महानगरपालिका १२ टिकौली जंगलमा ट्रक र जिप ठोक्किएका छन् ।

टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको ग २ ख १५७९ नम्बरको ट्रक र विपरीत दिशावाट आउँदै गरेको ना २ च ८४४७ नम्बरको बोलेरो जिप आज बिहान करिब पौने चार बजे ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालक तनहुँका २६ वर्षीय राजन परियार सामान्य घाइते भएका छन् ।

उनको दायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धानका लागि प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *