Skip to content
बुधबार साँझदेखि परेको वर्षा र हावाहुरीले काठमाडौँको वायु प्रदूषणमा केही राहत मिलेको छ ।
केही दिनअघि काठमाडौँ विश्वकै प्रदूषित सहर बन्दै आएकोमा बिहीबार बिहान भने प्रदूषणको मात्रा केही बनेको छ ।
आईक्यू एयरको बिहान ९ बजेर १५ मिनेट जाँदाको मापन अनुसार काठमाडौँ हाल विश्वको प्रदूषित सहरको सूचीमा आठौँ स्थानमा पुगेको छ ।
हाल काठमाडौँको एक्यूआई १३० रहेको छ ।
यो स्वास्थ्य समस्या रहेका व्यक्तिहरूका लागि हानिकारक मानिन्छ ।
अझै पनि काठमाडौँको हावामा पीएम२.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ९.४ गुणा बढी छ ।
हाल भारतको नयाँ दिल्ली यो सूचीमा शीर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानमा पाकिस्तानको लाहोर सहर छ भने तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ ।
Views: 290