ट्रायम्फ मोटरसाइकल नेपालले आफ्नो एक्सचेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ ।
ग्राहकहरूको उत्साहजनक सहभागिता सँगै नक्साल शोरुममा उपलब्ध सम्पूर्ण बाइकको स्टक बिक्री भएको छ ।
६ दिनसम्म सञ्चालनमा रहेको यो कार्यक्रम नक्सालस्थित बाईकर्स क्याफेमा आयोजना गरिएको थियो, जहाँ विभिन्न ब्रान्डका मोटरसाइकल धनीहरूले आफ्नो पुरानो बाइक साटेर ट्रायम्फमा अपग्रेड गर्ने अवसर पाए ।
यो एक्सचेन्ज क्याम्प हंसराज हुंलासचन्द एण्ड कम्पनी प्रालिद्वारा आयोजित गरिएको थियो, जो नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हो ।
कार्यक्रममा बाइकप्रेमीहरूको उल्लेखनीय उपस्थिति देखियो र र विश्वविख्यात ट्रायम्फ ब्रान्डमा अपग्रेड गर्न उत्साहित पनि देखिए ।
ट्रायम्फ नेपालको यो एक्सचेन्ज क्याम्पले निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।
सहभागीहरूले सहज एक्सचेन्ज प्रक्रिया, उचित मूल्यांकन, र उत्कृष्ट ग्राहक सेवाको खुलेर प्रशंसा गरेका छन् ।
यो उत्साहजनक सहभागीता र बिक्रीले ट्रायम्फ ब्रान्डप्रति नेपाली ग्राहकहरूको बढ्दो विश्वास र प्रीमियम बाइकको माग प्रस्ट पारेको छ ।