एसजे मोटो पाेखरामा

एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखरामा नयाँ अनुभव प्रदान गर्न क्याफे र ग्यालरीको सुरुवात गरेको छ ।  एक कार्यक्रमको आयोजना गर्दै उक्त क्याफे र  ग्यालरीको उद्घाटन गरियाे ।

क्याफे र ग्यालरी प्रिमियम कफी, मोटरसाइकल संस्कृतिका उत्साही तथा यात्रुहरूका लागि भेटघाट गर्ने एक रोमाञ्चक हब रूपको स्थापित हुने एसजे मोटोले विश्वास लिएको छ ।

पोखराको लेकसाइड रोडमा भर्खरै खोलिएको एसजे मोटो एक्स हिमालयन जाभा क्याफेले मोटरसाइकल र कफी प्रेमीहरूका लागि नयाँ अनुभव प्रदान गर्ने छ ।

शीर्ष–स्तरीय बाइकिङ गियर र सामानहरूदेखि ताजा पकाएको कफीसम्म यहाँ उपलब्ध हुने एसजे मोटोका संस्थापक सौरभ ज्योतिले बताए ।

‘मोटरसाइकलको रोमाञ्च र कफी संस्कृतिको न्यानोपनलाई एक अद्वितीय ठाउँमा ल्याउन पाउँदा खुसी छौं, यात्रु र बाइकरहरूको लागि प्रमुख गन्तव्य भएको पोखरा यस नयाँ उद्यमको लागि आदर्श स्थान बन्ने अपेक्षा छ,’ उनले भने ।

एसजे मोटो र हिमालयन जाभाले उद्घाटन गरेको यो नयाँ शाखामा मानिसहरूको उल्लेखनिय सहभागिता हुने अपेक्षा लिइएको छ  ।

यहाँ बाइक, कफी प्रेमीहरू एक साथ आएर रमाइलो गर्नको लागि उपयुक्त रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *