नेपाली बजारमा भित्रिए दुई नयाँ विद्युतीय गाडी

वाडा अटो शो २०२५ को अवसरमा टाटा मोटर्सले नेपालमा हालै भित्रिएको कर्भ ईभी कुपेनेक्सन के३ ईभी पोखरामा सार्वजनिक गरेको थियो।

टाटाका यी नयाँ विद्युतीय गाडीहरू नेपाली सडकका लागि उपयुक्त प्रविधि र सुविधासहित ल्याइएका छन्।

नेक्सन के३ ईभी मा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, १२ इन्च टचस्क्रिन जस्ता विशेषताहरू समावेश छन्, जसले नेपाली भौगोलिक अवस्था अनुसार सहज यात्रा सुनिश्चित गर्छ। यस गाडीको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो।

त्यस्तै, कर्भ ईभी मा ५५ किलोवाट-आवरको ब्याट्री प्याक९८ किलोवाट क्षमताको विद्युतीय मोटर राखिएको छ।

५०० लिटरको बुटस्पेस र १८६ मिमि ग्राउन्ड क्लियरेन्सका कारण यो गाडी नेपाली सडकमा सजिलै चलाउन सकिनेछ।

कर्भ ईभीको टप भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो।

टाटाले वाडा अटो शो २०२५ मा यी गाडीहरू प्रदर्शनीमा राखेको थियो, जसका लागि विशेष अफरहरू समेत उपलब्ध गराइएको थियो।

ग्राहकहरूले स्टल नम्बर ए३ मा यी गाडीहरू अवलोकन गर्न पाएका थिए, साथै बुकिङ गर्नेहरूका लागि विशेष छुट र लाभ समेत प्रदान गरिएको थियो।

वाडा अटो शो २०२५ सकिएपछि पनि टाटा मोटर्सले यी ईभी गाडीहरू नेपालभर उपलब्ध गराउने योजना बनाएको छ।

कम्पनीका अनुसार ग्राहकहरूले टाटा शोरूमहरूमा गएर पनि यी नयाँ विद्युतीय गाडीहरू बुक गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *