नेपालमा ओमोडा एन्ड जेइको ब्रान्डको पहिलो वार्षिकोत्सव मनाउने अवसरमा वाडा अटो शो २०२५ मा विशेष अफरहरू सार्वजनिक गरिएको थियो।
ग्राहकहरूका लागि सीमित अवधिसम्म उपलब्ध यी अफरहरू अन्तर्गत नयाँ ओमोडा एन्ड जेइको गाडी ५५ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यमा बुकिङ गर्न सकिने अवसर दिइएको थियो।
यस अफरअन्तर्गत ग्राहकहरूले कुल ५ लाख १५ हजार रुपैयाँ बराबरको विशेष लाभ प्राप्त गरे।
यी सुविधाहरूमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको उत्कृष्ट वारेन्टी, निःशुल्क ७ किलोवाटको वाल चार्जर तथा चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर समावेश थिए।
ओमोडा एन्ड जेइको ब्रान्डले आफ्नो ‘वन इयर अफ इनोभेसन’ नारासहित नेपालमा पहिलो वार्षिकोत्सव मनाएको थियो।
ब्रान्डको स्टलमा विशेष वार्षिकोत्सव लाभहरू उपलब्ध गराइएका थिए, जसले धेरै ग्राहकहरूको ध्यान तानेको थियो।
त्यसैगरी, जिकर ब्रान्ड ले पनि ग्राहकहरूका लागि आकर्षक अफर प्रस्तुत गरेको थियो।
जिकर गाडी खरिद गर्ने ग्राहकहरूले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क ७ किलोवाटको चार्जर तथा चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर को सुविधा प्राप्त गरेका थिए।
वाडा अटो शो २०२५ को समापनसँगै यी अफरहरू सकिएको भए पनि ओमोडा एन्ड जेइको तथा जिकर ब्रान्डले भविष्यमा पनि यस्ता ग्राहकमुखी योजना ल्याउने संकेत गरेका छन्।