लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., हुन्डाई गाडीको आधिकारिक वितरक, ले क्रेटा EV र क्रेटा ICE (मेड इन नेपाल) को सार्वजनिक कार्यक्रम २४ मार्च २०२५ मा सोल्टी होटेल, काठमाडौं मा सम्पन्न गर्यो।
“CHOOSE YOUR FUTURE” थीमसहित, हुन्डाई नेपालले ग्राहकहरूको आवश्यकता र गतिशीलता अनुसार क्रेटा Electric र ICE दुबै मोडेल उपलब्ध गराएको छ।
क्रेटा EV को प्रारम्भिक मूल्य रु. ५१,९६,००० र क्रेटा ICE (मेड इन नेपाल) को प्रारम्भिक मूल्य रु. ५३,९६,००० राखिएको छ।
२०२५ मा आयात गरिने ICE मोडेलहरूको मूल्यभन्दा ९ लाखसम्म कम रहेको छ।
कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पाक तेर्ङ को विशेष उपस्थिति रहेको थियो।
हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटा बिक्री सुरु गरेको थियो।
गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र हरेक उमेरका ग्राहकलाई सुहाउने भएकाले १०,००० भन्दा धेरै ग्राहकहरूको रोजाइ बन्दै आएको छ।
यसले SUV सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ।
हुन्डाई नेपालले ecosystem development मा पनि अगाडि बढ्दै “Re-Lax” चार्जिङ नेटवर्क मार्फत DC चार्जर नेटवर्क निर्माण गरिरहेको छ।
यसमा रिपेयर शपहरू पनि समावेश हुनेछन्, जसले चार्जिङ सुविधा अझ प्रभावकारी बनाउनेछ।
साथै, ब्याट्री रिसाइकलिङ र रिसिडुअल भ्यालु म्यानेजमेन्ट को लागि Attero India सँग सहकार्य गर्दै सस्टेनेबिलिटीमा ध्यान दिइएको छ, जसको फाइदा ग्राहकले पाउनेछन्।
क्रेटा EV का मुख्य विशेषताहरू
२००mm ग्राउन्ड क्लियरेन्स र १७ डिग्री भन्दा बढी ब्रेकओभर एंगल (सेगमेन्टमा सबैभन्दा उच्च), जसले माइल्ड अफ-रोडमा सहज ड्राइभिङ अनुभव प्रदान गर्छ।
११kW AC चार्जिङ (सेगमेन्टमा मात्र उपलब्ध), जसले हाउसहोल्ड वाल-माउन्टेड चार्जरबाट मात्र ४ घण्टामा फुल चार्ज गर्न सक्छ।
स्पेयर टायर उपलब्धता, जबकी धेरै प्रतिस्पर्धी ब्रान्डहरूले केवल रिपेयर किट मात्र उपलब्ध गराउँछन्।
Advanced safety features, जस्तै ADAS, ६ एअरब्याग्स, र 360-degree क्यामेरा, जसले अधिकतम सुरक्षा र सुविधा सुनिश्चित गर्छ।
हुन्डाई नेपालले क्रेटा EV का लागि ८ वर्षको ब्याट्री वारन्टी र क्रेटा ICE का लागि ३ वर्षको गाडी वारन्टी उपलब्ध गराउँदै ग्राहकलाई लामो समयसम्म भरपर्दो सेवा प्रदान गर्नेछ।
बिगत एक दशकभन्दा बढी समयदेखि नेपालमा हुन्डाई गाडीहरू उपलब्ध गराउँदै आएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ।
उच्च प्रदर्शन, उत्कृष्ट सुरक्षा, राम्रो रीसेल भ्यालु र उत्कृष्ट बिक्रीपछिको सेवा को कारण हुन्डाई नेपाली उपभोक्ताहरूको शीर्ष रोजाइमा रहँदै आएको छ।