यामाहा नेपालले ७१.३३ किलोमिटर प्रतिलिटर को ARAI-प्रमाणित माइलेजको साथ इन्धन दक्षतामा नयाँ बेन्चमार्क स्थापित गर्दै ‘हाइएस्ट माइलेज इन नेपाल’ सगर्व प्रस्तुत गरेको छ।
एड्भान्स हाइब्रिड टेक्नोलोजीका साथ निर्माण भएको रेजेडआर १२५ एफआई हाइब्रिड ले पावर, दक्षता र स्मार्ट इनोभेसनको उत्तम सन्तुलन प्रदान गर्दछ, जसले यसलाई पर्फर्मेन्स र माइलेज दुवै खोज्ने राइडरहरूको लागि उपयुक्त विकल्प बनाउँछ।
हाइब्रिड पावर असिस्ट प्रणाली रहेको यस स्कूटरले एक्सेलेरेशनको समयमा अतिरिक्त टर्क बूस्ट प्रदान गर्दै सहज एवम् शक्तिशाली सवारी सुनिश्चित गर्दछ।
साथै, यसको OBD-II (अन-बोर्ड डायग्नोस्टिक्स II) प्रणाली ले निरन्तर रियल-टाइम इन्जिन हेल्थको निगरानी गर्दछ, जसले टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्छ।
खेलकुद र युवा संलग्नताप्रति प्रतिबद्ध यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड आगामी नेपाल सुपर लिग (NSL) सिजन ३ मा काठमाडौँ रेजर्स टिमको टाइटल स्पोन्सर हो।
एनएसएल सिजन १ को च्याम्पियनको रूपमा काठमाडौँ रेजर्स ले नेपालको फुटबल लिगमा आफूलाई प्रमुख टोलीको रूपमा स्थापित गरिसकेको छ। टोलीलाई समर्थन गर्न पाउँदा यामाहा गर्व महसुस गर्छ।
७१.३३ किलोमिटर प्रति लिटर माइलेज, एड्भान्स हाइब्रिड प्रविधि र नेपालको फुटबल क्षेत्रसँग बलियो सम्बन्धको साथ यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड इन्धन दक्षता र रोमाञ्चक प्रदर्शन खोज्ने सवारहरूको लागि उत्तम विकल्प बनेको छ।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र ग्राहक सन्तुष्टिप्रति प्रतिबद्ध नेपालको अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो।
देशभर व्यापक उपस्थिति रहेको यामाहाले नवीन उत्पादनहरू र उत्कृष्ट आफ्टर सेल्स सर्भिस को साथ बजारको नेतृत्व गरिरहेको छ, जसले प्रत्येक सवारलाई निर्बाध र सुरक्षित सवारी अनुभव प्रदान गर्दछ।