टोटल इनर्जीज च्यानल पार्टनर मिट सम्पन्न

टोटल इनर्जीजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्यूब आयल प्रालिले आफ्नो च्यानल पार्टनर मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ।

टोटल इनर्जीज इण्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका वरिष्ठ प्रबन्धक (निर्यात) पर्बिन कुमार, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक निराकर श्रेष्ठ, निर्देशकहरू अनुकुल श्रेष्ठ, सुलभ श्रेष्ठ, अनुभव श्रेष्ठसेल्स हेड सुबोध थापा लगायतको उपस्थिति रहेको थियो।

नेपालमा टोटल इनर्जीज ब्रान्डको विकासका लागि नयाँ योजना, रणनीति र प्रगतिका बारेमा जानकारी गराउँदै डिलर र रिटेलरहरूसँगको सम्बन्धलाई सुदृढ बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो।

कम्पनीका अनुसार, देशभरका २०० भन्दा बढी डिलर र रिटेलरहरू सहभागी उक्त कार्यक्रम लक्ष्मी ल्यूब आयलको हालसम्मकै सबैभन्दा ठूलो डिलर कार्यक्रम हो।

कार्यक्रमको शुभारम्भ गर्दै लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले नेपाली लुब्रिकेन्ट बजारमा चुनौती र अवसर दुवै रहेको बताए।

व्यवसायको सफलतामा डिलर तथा रिटेलरहरूको महत्त्वपूर्ण भूमिका रहने धारणा राख्दै उनले टोटल इनर्जीजसँगको सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

टोटल इनर्जीज मार्केटिङ इण्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनले टोटल इनर्जीजलाई विश्वको चौथो ठूलो लुब्रिकेन्ट कम्पनी बनाउने प्रमुख आधारबारे जानकारी गराए।

साथै, उनले कम्पनीको नवीनता, गुणस्तर, र पर्यावरणीय उत्तरदायित्व प्रतिको अटल प्रतिबद्धताबारे चर्चा गर्दै, ग्राहकलाई अत्याधुनिक प्रविधि र दिगो प्रयोग मार्फत उत्कृष्ट उत्पादनहरू कसरी प्रदान गरिरहेको छ भन्नेबारे प्रकाश पारे।

यसैगरी, पर्बिन कुमार र सुबोध थापाले २०२४ मा भएका विविध गतिविधि तथा नेपालमा बजार विस्तारको योजना र रणनीतिका बारेमा प्रस्तुति दिए।

 

उनीहरूले टोटल इनर्जीज लुब्रिकेन्ट्सको वृद्धिमा डिलरहरूको साथ र समर्थनको महत्त्वलाई जोड दिए।

कार्यक्रममा २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरूलाई सम्मान गरिएको थियो।

काठमाडौं जोरपाटिस्थित शंकर यमुना अटो पार्ट्सलाई गत वर्षको उत्कृष्ट डिलर अवार्ड प्रदान गरिएको थियो भने,

चन्द्रागिरीस्थित चन्द्रागिरी अटो क्लिनिकले उत्कृष्ट रिटेलर

किसान ट्रेडिङ कन्सर्नले उत्कृष्ट ओइएम/फ्लिट अवार्ड हात पारे।

उनीहरूलाई प्रमुख अतिथी सहित लक्ष्मी ग्रुपका अध्यक्ष लगायतले अवार्ड हस्तान्तरण गरे।

कार्यक्रममा सहभागी सम्पूर्ण डिलर तथा रिटेलरहरूलाई ब्रान्ड प्रवर्द्धनमा गरेको निरन्तर योगदानस्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रम अवधिभर उनीहरूले लक्ष्मी ल्यूब आयलसँगको सहकार्यका अनुभवहरू साझा गर्दै कम्पनीको समर्थन, समयमै आपूर्ति, र उत्पादनको गुणस्तरप्रतिको प्रतिबद्धता बारे छलफल गरे।

यस च्यानल मिट कार्यक्रमले लक्ष्मी ल्यूब आयलको विश्वसनीय वितरकको भूमिका सुदृढ बनाउँदै नेपालमा टोटल इनर्जीज लुब्रिकेन्ट्सको वृद्धिका लागि ठोस आधार तयार गरेको कम्पनीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *