अटो व्यवसायी महासंघको नयाँ नेतृत्व

अटो मेकानिक्स व्यवसायी महासंघको १५ औं साधारण सभा तथा छैठौं महाधिवेशन चितवनमा सम्पन्न भएको छ।

महाधिवेशनले गोपाल भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

नव निर्वाचित अध्यक्ष भट्टराई चितवनका पुराना अटो व्यवसायी हुन्।

भट्टराईले अहिले बनेको कार्यसमिति समावेशी भएको बताउँदै संस्थाको उद्देश्य र साथीहरूको भावना अनुसार विगतका राम्रा कामलाई आत्मसात् गर्दै अगाडि बढ्ने बताए।

चितवनमा अटो ल्याण्ड निर्माणमा जोड दिने बताउँदै उनले आफ्नो ३ वर्षको कार्यकालमा इतिहास कोर्ने प्रतिबद्धता जनाए।

अटो क्षेत्रमा सम्भावना रहेको जानकारी दिँदै नव निर्वाचित अध्यक्ष भट्टराईले संस्थालाई साथीहरूको साथ सहयोगमा नयाँ ढंगले अगाडि बढाउने कुरामा जोड दिए।

 

साधारण सभा तथा अधिवेशनको चितवन अटो मेकानिकल व्यवसायी संघका संस्थापक अध्यक्ष झलक बहादुर श्रेष्ठले उद्घाटन गर्दै अटो क्षेत्रको विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए।

उनले अटो ल्याण्ड निर्माणमा जोड दिनुपर्ने बताउँदै अटो व्यवसायीले सर्वसुलभ, गुणस्तरीय सेवा र सुविधा दिन आवश्यक रहने सुझाव दिए।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष जनार्दन गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

अधिवेशनमा निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत सालिकराम बन्जाडे, सदस्य दामोदर खनाल र यम प्रसाद भुसालको टिमले निर्वाचन कार्य सम्पन्न गर्नुका साथै नव निर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए।

 

अध्यक्षमा गोपाल भट्टराई :

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको निर्विरोध नव निर्वाचित अध्यक्षमा गोपाल भट्टराई, बरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपाली, उपाध्यक्षमा ज्योति भण्डारी, टिकादत्त अधिकारी, ज्ञान बहादुर फौदार क्षेत्री, मातृका सापकोटा रहेका छन्।

यसैगरी, महासचिवमा इन्द्र त्रिपाठी, कोषाध्यक्षमा बाबुराम आचार्य र सचिवमा तुल्सीराम न्यौपाने रहेका छन्।

सदस्यहरू :

पुजा गैरे, मिनराज भुसाल, बाबुलाल पाण्डे, रत्नराम बन्जारा, दिलीप पाठक, सन्तोष कुमार मिश्र, सानुमान जलारी, अमृत सिंह वाइवा, रामबहादुर लोहोनी र रबिन रेग्मी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *