नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला चिनियाँ इलेक्ट्रिक कार ब्रान्ड Skywell ले आफ्नो नयाँ फ्ल्यागशिप शोरूम नक्साल, नारायणचौरमा सञ्चालनमा ल्याएको छ।
शुक्रबार आयोजित विशेष समारोहमा चिनियाँ दूतावासका डिपुटी चिफ महामहिम वाड जिन ले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गर्नुभयो।
सो अवसरमा Skywell का डिपुटी जीएम थोमस झू, कन्ट्री म्यानेजर वीरा, तथा G Motors Pvt. Ltd. का अध्यक्ष दुर्गाप्रसाद गेलाल समेत उपस्थित थिए।
Skywell अहिले ६५ देशमा बिक्री भइरहेको छ भने नेपालमा कम्पनीले गत वर्ष आफ्नो आधिकारिक प्रवेश गरेको थियो।
छोटो समयमै १०० भन्दा बढी Skywell कारहरू नेपालमा बिक्री भइसकेका छन्, जसले ब्रान्डप्रति नेपाली ग्राहकहरूको विश्वास बढाएको देखिन्छ।
Skywell को गाडीहरू प्रीमियम लक्जरी सेग्मेन्टका भए पनि तुलनात्मक रूपमा उचित मूल्यमा उपलब्ध भएकाले ग्राहकहरू आकर्षित भइरहेका छन्।
नेपालमा Skywell को पहिलो शोरूम गत वर्ष भक्तपुर, राधेराधेमा खुलेको थियो।
त्यसपछि पोखरामा दोस्रो शोरूम खोलियो। अहिले नक्सालको यो नयाँ शोरूम सञ्चालनमा आएपछि ब्रान्डको उपस्थिति अझ बलियो हुने अनुमान गरिएको छ।
शोरूम उद्घाटनसँगै कम्पनीले Skywell को नयाँ कार पनि सार्वजनिक गर्यो।
Skywell को ETS हाइ-एन्ड मोडेलको मूल्य १ करोड १५ लाख तोकिएको छ।
४१० किमी रेन्ज भएको बेस भेरियन्ट आज अनावरण गरियो, जसको मूल्य ७९ लाख ९० हजार छ।
कम्पनीले विशेष अफरस्वरूप ४ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ।
G Motors का MD कैलाश बाबु गेलाल का अनुसार, नेपालका प्रतिष्ठित ग्राहकहरूले अहिले पेट्रोल गाडी छोडेर Skywell जस्ता लक्जरी इलेक्ट्रिक कार रोज्न थालेका छन्।
कम्पनीका कार्यकारी निर्देशक परशमणि गेलाल ले भने, “Skywell केवल सामान्य इलेक्ट्रिक गाडी होइन, यो प्रिमियम SUV हो, जसले छोटो समयमा नै नेपालमा आफ्नो पहिचान बनाइसकेको छ। हाम्रा ग्राहकहरूले यो गाडी चलाउँदा आफैंलाई ‘ब्रेव’ महसुस गर्नुहुन्छ।”
नेपालमा विद्युतीय सवारीसाधनको लोकप्रियता तीव्र रूपमा बढ्दै गर्दा, Skywell को नयाँ फ्ल्यागशिप शोरूम र नयाँ मोडेलको सार्वजनिकताले लक्जरी EV बजारलाई थप उत्साहित बनाउने विश्वास गरिएको छ।