रोयल इनफिल्ड हिमालयन ४५० को १२ युनिट एकैपटक डेलिभरी

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ ले किङफिसर एड्भेन्चर प्रालि लाई एकैपटक १२ वटा हिमालयन ४५० मोटरसाइकल हस्तान्तरण गरेको छ।

शुक्रबार नक्साल शोरूममा आयोजना गरिएको कार्यक्रम मा अल्फा अटोमोटिभका निर्देशक मेधराज पौडेल ले यी मोटरसाइकल किङफिसर एड्भेन्चरलाई हस्तान्तरण गरे।

समारोहलाई विशेष बनाउन नेपाली पँचेबाजा समेत बजाइएको थियो।

किङफिसर एड्भेन्चर पर्यटनसँग सम्बन्धित कम्पनी हो। यसले मोटरसाइकल रेन्टल (भाडामा दिने) तथा एड्भेन्चर राइड आयोजना गर्ने उद्देश्यले यी मोटरसाइकल खरिद गरेको बताएको छ।

यो कम्पनीले धेरै समयदेखि रोयल इनफिल्डका मोटरसाइकल भाडामा दिँदै आन्तरिक तथा अन्तर्राष्ट्रिय टुरहरू पनि गर्दै आएको छ।

हिमालयन ४५० को मूल्य भेरियन्ट अनुसार ९ लाख ८९ हजारदेखि १० लाख ३९ हजार रुपैयाँसम्म पर्छ।

रोयल इनफिल्ड हिमालयन ४५० को विशेषता:

४५२ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ।
पहिलो पटक लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको हो।
८००० आरपीएममा ४०.२ पीएस पावर५५०० आरपीएममा ४० एनएम टर्क उत्पन्न गर्छ।
फिचर लोडेड मोटरसाइकल – यसमा टीएफटी डिजिटल डिस्प्ले, टर्न-बाइ-टर्न नेभिगेशन, राइड मोड, स्वीचएबल एबीएस, अफरोड स्पोक ह्वील, स्लीपर एसिस्ट क्लच, USD/मोनोशक सस्पेन्सन, र यूएसबी चार्जिङ पोर्ट जस्ता सुविधाहरू छन्।

यो मोटरसाइकल विशेष गरी एड्भेन्चर राइडिङका लागि डिजाइन गरिएको छ र नेपालका पहाडी तथा अफरोड यात्रा गर्न उपयुक्त मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *