चितवन अटोमोवाईल्स एशोसिएसनको ३२औं स्थापना दिवसको अवसरमा “रक्तदान जीवनदान, रक्तदान महादान” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै चितवन अटोमोवाइल्स एशोसिएसन र अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा “खुल्ला रक्तदान कार्यक्रम” सम्पन्न गरियो।
कार्यक्रम दुवै संस्थाका अध्यक्ष द्वय कुल बहादुर क्षेत्री र कृष्ण प्रसाद काफ्लेको अध्यक्षता, भरतपुर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष परमेश्वर खनालको प्रमुख आतिथ्यता, अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष भिमलाल न्यूरेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा ६ जना महिला सहित ४६ जनाले रक्तदान गरेका थिए।
चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष राम बहादुर तिमिल्सिना, चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष राजन पिया, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक निलम तामाङ, ब्लड डोनर्स सोसाइटी, चितवनका अध्यक्ष एकराज बुर्लाकोटी अतिथिका रूपमा उपस्थित रहेको कार्यक्रममा चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कुल बहादुर क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्ण प्रसाद काफ्लेले धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम समापन गर्नुभयो।
चितवन अटोमोवाइल्स एशोसिएशनका तृतीय उपाध्यक्ष देवी प्रसाद बरालले संयोजन गर्नुभएको कार्यक्रम संस्थाका सचिव मोहन के.सी.ले सञ्चालन गर्नुभएको थियो।