धादिङमा सुरक्षा सम्बन्धी तालिम सम्पन्न

धादिङ अटोमोबाइल एशोसियसनको व्यवसायजन्य सुरक्षा सम्बन्धी तालिम सम्पन्न नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायलयको आयोजना तथा धादिङ अटोमोबाइल एशोसियसनको समन्वयमा अटोमोबाइल क्षेत्रमा कार्यरत मजदुरहरुको लागि व्यवसायजन्य सुरक्षा सम्बन्धी २ दिने आवासिय तालिम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बागमती प्रदेसका माननिय सभासद एवम् विशेशाधिकार समितिका सभापति मायादेवि शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रमको सभापतित्व नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रमुख इ. प्रतिभा गौतमले गर्नु भएको थियो।

दुइ दिनसम्म सन्चालन भएको उक्त कार्यक्रममा  कार्यस्थलमा काम गर्दा आउनसक्ने कठिनाइहरु र सो सङग कसरी जोगिने भन्ने कुराहरुको प्रयोगात्मक रुपले सिकाइएको थियो।

उक्त कार्यक्रममा नेपाल अटोमेकानिक्स व्यवसायी महासङ्गका उपाध्यक्ष कुलबहादुर नेपालीले यस्ता कार्यक्रमहरुले मेकानिक्सहरुको कार्यदक्षता वृद्धि हुने बताउनुभयो।

साथै नेपाल अटोमेकानिक्स व्यवसायी महासङ्गका सह- सचिव तथा धादिङ्ग अटोमोबाइल एशोसियसनका अध्यक्ष  इन्द्रकुमार त्रीपाठीले कार्यस्थलमा हुने दुर्घटना र यसबाट बच्ने उपायहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो।

सो कार्यक्रममा ४५ जना मेकानिक्सहरुको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *