सल्यानमा ट्याक्टर दुर्घटना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बुधबार बिहान छत्रेश्वरी गाउँपालिका- १ भालुमारेदेखि  मयानी जाँदै गरेको लु.प्र०२०० त ००१२ नम्बरको ट्याक्टर मयानीनजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका– १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्रबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए ।

भालुमारेबाट कम्पोस्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको उनको भनाइ छ ।

ट्याक्टरचालक भने फरार रहेको र उनको खोजी भइरहेको बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *