Skip to content
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले आज इटहरी शाखाबाट टाटा म्याजिक BS6 सार्वजनिक गरेको छ।
कार्यक्रममा कोशी विक्रम यातायात प्रा.लि. का अध्यक्ष संजय सिंह र इटहरी यातायात प्रा.लि. का अध्यक्ष महेश घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।
साथै, सिप्रदीका पूर्वीय क्षेत्रीय प्रबन्धक सुवास कुमार दास कार्यक्रम सभापतिको भूमिकामा हुनुहुन्थ्यो।
टाटा म्याजिक BS6 गाडीमा आधुनिक BS6 प्रविधि, ३० एचपी पावर, र उच्च माइलेजसहितका सुविधाहरू छन्।
यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा लिइएको छ।
Post Views: 35