http://बेनेलीको शानदार अफर : बेनेलीले नयाँ वर्ष २०२५ लाई शानदार बनाउँदै ग्राहकहरूको लागि विशेष अफर २X डिस्काउन्ट अफर सार्वजनिक गरेको छ।
सो अफरअन्तर्गत ग्राहकहरूले बाइक खरिद गर्दा डबल फाइदा पाउनेछन् ।
प्रत्येक बाइकमा २०२५ अफर अनुसार ५० हजार रुपैयाँ सम्मको छुट, रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट र सम्पूर्ण इन्सुरेन्स निःशुल्क प्रदान गरिनेछ।
यसका साथै पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप ३० हजार रुपैयाँको मूल्याङ्कन गरिनेछ।
यसबाहेक, ग्राहकहरूले नेपाली कुनै पनि गन्तव्यमा यात्रा गर्न मिल्ने यति एयरलाइन्सको दुईतर्फी टिकट पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ।
बेनेलीले बिक्रीसँगै बिक्री पछिको सेवामा पनि उच्च प्राथमिकता दिँदै स्पेयर पाट्र्सको सहज उपलब्धता र सर्भिस क्वालिटीलाई सुधार गर्ने लक्ष्य राखेको बताएको छ।
यो अफर सीमित समयका लागि मात्रै भएकोले, ग्राहकहरूले छिट्टै निर्णय गरेर नयाँ वर्षलाई भव्य बनाउन बेनेलीसँगको यो अवसरलाई अपनाउनुपर्नेछ।