स्किल फेस्ट २०२५ हुँदै

ग्लोकल प्रा. लि. अन्तर्गतको संस्था ग्लोकल आफ्टर स्कूलको स्किल वीकको छैठौं संस्करण सुरु भएको छ।

पुष २२ देखि पुष २९ सम्म संचालन हुने यो सप्ताहव्यापी कार्यक्रमले शैक्षिक क्षेत्र र उद्योगबीचको दुरी घटाउँदै विभिन्न कार्यशाला, प्रतियोगिता, र नेटवर्किङका अवसरमार्फत युवाहरूको रोजगार क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

पहिलेका संस्करणहरूको सफलतामा आधारित स्किल वीक २०२५ विज्ञान र प्रविधि, कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, र उद्यमशीलता नामक चार प्रमुख क्षेत्रमा केन्द्रित छ।

पुष २६ मा स्किल फेस्ट कार्यक्रम इम्बार्क कलेज, पुल्चोकमा आयोजना हुने भएको छ।

“स्किल फेस्ट – सीपको महोत्सव” कार्यक्रम युवाहरूका लागि सीप परीक्षण र अन्वेषण गर्ने अवधारणालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित भइरहेको छ।

यो कार्यक्रम युवाहरूका लागि खुला प्लेटफर्म हो, जहाँ उनीहरूले विभिन्न सीप, तिनको महत्त्व, र बजार सम्भावनाका बारेमा जान्न र सिक्न सक्छन्।

स्किल फेस्टमा आकर्षक कार्यशाला, सीप प्रदर्शनी, प्रतियोगिता, रोचक खेलहरू, केस स्टडी प्रस्तुतिहरू, स्वादिष्ट खानाका परिकार, सङ्गीत, र सीपमा आधारित मनोरञ्जन कार्यक्रम, तथा रोजगारी मेला हुनेछन्।

पुष २९ मा बहुप्रतिक्षित सीईओ अनप्लग्ड फोरम सञ्चालन हुनेछ।

यो फोरमले उद्यमी, व्यापारी, र विद्यार्थीहरूलाई वर्तमान व्यापार चुनौतीहरू र भविष्यका सम्भावनाहरूका बारेमा छलफल गर्न एकै स्थानमा ल्याउनेछ।

कार्यक्रमको समापन समारोहमा स्किल हिरो अवार्ड्स प्रदान गरिनेछ, जसले कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, विज्ञान र प्रविधि, र उद्यमशीलता क्षेत्रमा असाधारण योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्नेछ।

स्किल वीक २०२५ का लागि हामी उत्साहित छौं, जसलाई इम्पावर्ड बाइ पार्टनरको रूपमा इम्बार्क कलेजले समर्थन गरेको छ।

कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संस्थाको साझेदारीमा हुन गइरहेको छ।

सीएनआई र नेपाल चेम्बर अफ कमर्सले इन्डोर्स गरेको यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, युरोपियन युनियन, भारतीय दूतावास र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदार रहेका छन्।

होन्डा, कोका–कोला, डब्लुडब्लुएफ नेपाल, सीजी मोटर्स साझेदार रहेको यो कार्यक्रममा यूएनडीपी र यूके स्किल्स पार्टनरशिप प्राविधिक सहयोगीको रूपमा रहेका छन् भने होटल पार्टनर द सोल्टी काठमाडौं, इन्टरनेट पार्टनर वर्ल्डलिंक, एयरलाइन्स पार्टनर यति एयरलाइन्स र आउटरीच पार्टनर एनएनक्यु रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *