५० वर्ष टिक्ने सुरुङमार्ग

बहुचर्चित ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग परियोजनाको भौतिक प्रगति करिब ८४ प्रतिशत सम्पन्न भएको छ ।

जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले डिसेम्बर २०२० (पुस ०७७) देखि खन्न सुरु गरेको सुरुङको चार वर्षमा ८३.७५ प्रतिशत भौतिक प्रगति भएको हो ।

आयोजना कार्यालयले गत आइतबार सार्वजनिक गरेको पछिल्लो प्रगति विवरणले वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेको छ ।

करिब २३ अर्ब लागत रहेको परियोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १७ अर्ब १५ करोड सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ६७ करोड नेपाल सरकारले लगानी गरेको छ ।

ठेक्काको म्याद थप गरेर २५ अक्टोबर २०२५ (८ कात्तिक ०८२) सम्म पुर्‍याइएको छ । यही गतिमा निरन्तर काम गर्न सकेमा ०८२ असोजभित्र परियोजना सञ्चालनमा आउने आयोजनाले जनाएको छ ।

यो प्रविधिबाट सडक लेन कंक्रिट गर्दा ५० वर्षसम्म टिक्ने विश्वास गरिएको आयोजनाका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

‘सम्झौताअनुसार यो प्रविधिको कंक्रिट सडक ३० वर्षसम्म टिक्नुपर्छ । तर, ५० वर्षसम्म टिक्छ भन्ने विश्वास गरेका छौँ,’ उनले भने, ‘यो प्रविधिमा जापानमा निर्माण गरिएको सुरुङभित्रका सडक लेन ५०–६० वर्षसम्म नै टिकेको पाइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *