मैत्रिपुर्ण ब्याडमिन्टन सम्पन्न

हेटौडा अटोमोवाइल एसोसिएसनले पहिलो पटक मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगिता खेल विभिन्न प्रदेश अर्न्तगतका अटो व्यवसायीहरुको सहभागिता सम्पन्न भएको छ ।

नाडाको प्रायोजनमा पहिलो पटक गरिएको मैत्रिपुर्ण ब्याडमिन्टन खेलमा संयोजक सुनिल रिजाल तथा सह प्रायोजक हेटौडा अटोमोवाइल्सका सह संयोजक धर्मराज धिमालले गर्नु भएको थियो ।

जसमा नाडाबाट ४ जना, हेटौडाबाट ४ जना, चितवनबाट ४ जना र जानकी अटोमोवाइलबाट २ जना अटो व्यवसायीहरुको सहभागिता रहेको थियो ।

चितवनका अटो व्यवसायी खेलाडीहरु प्रथम र द्धितिय हुने दुबै बिजेता टिमहरु लगायत आयोजक शह आयोजक, संयोजक सुनिल रिजाल र सह संयोजक धर्मराज धिमाल लगायत सहभागी खेलाडीहरुलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *