रवि लामिछानेको मुद्दामा आजदेखि प्रतिवादीको बयान

रवि लामिछानेको मुद्दामा आजदेखि प्रतिवादीको बयान: सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा जाहेरवाला तर्फको बहस सकिएको हो ।

आजदेखि प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्नेछन् ।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

रास्वपा सभापति रवि लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानून व्यवसायीले बहस गरेका थिए ।

सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो ।

बहसका क्रममा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *