बीवाईडीको कार बिक्री बढ्यो

बीवाईडीको कार बिक्री बढ्यो: चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीको कार विक्री बढेको छ ।

वर्षको अन्त्यतिर कम्पनीको विक्री बढेको हो ।

अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लासँग विश्वको सबैभन्दा धेरै विद्युतीय कार बेच्ने कम्पनी बन्ने प्रतिस्पर्धा चर्किरहेको समयमा कम्पनीको विक्री बढेको हो ।

डिसेम्बर महिनामा मात्रै बीवाईडीले २ लाख ७ हजार ७३४ थान कार बेचेको छ । योसँगै २०२४ भरिको विक्री १७ लाख ६० हजार थानमा उक्लिएको छ ।

सहुलियत र छूटका अफरहरूका कारण गएको वर्ष कम्पनीको विक्री बढेको हो ।

टेस्लाले बिहीबार अबेर आफ्नो विक्री तथ्याङ्क सार्वजनिक गर्दैछ ।

अघिल्ला त्रैमासहरूमा विक्रीमा टेस्लाले बीवाईडीलाई उछिनेको थियो ।

तर दुई बिचको अन्तर खासै धेरै भने छैन । २०२४ मा बीवाईडीको कूल विक्री अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले बढेको छ ।

घरेलु बजारमा कारको विक्रीमा भइरहेको वृद्धि र मूल्य घटाउने प्रतिस्पर्धा  अनि पुराना कारलाई विद्युतीय वा कम इन्धन खपत गर्ने कारले विस्थापित गर्न सरकारले उपभोक्ताहरूलाई दिएको सहुलियतका कारण पनि कम्पनीलाई लाभ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *