Skip to content
देशभर कति बन्दै छन् सुरुङमार्ग ?: सडक पूर्वाधारअन्तर्गत सुरुङमार्ग कति बनेका छन् ? कति बन्ने अवस्थामा छन् ? यो चासोको विषय हो ।
तर, सडक विभागसँग यसको यकिन तथ्यांक छैन ।
के कति बन्दै छन् र बन्ने तयारीमा छन् भन्ने विषयमा आफूहरू जानकार नभएको बताउँछन्, विभागका सूचना अधिकारी अमितकुमार शर्मा ।
उनका अनुसार दुई आयोजना भने निर्माणाधीन छन् । जसमा दुई ठूला नागढुंगा र सिद्धबाबा सुरुङमार्ग छन् ।
‘अरू के कति बन्ने क्रममा छन् ? यसको तथ्यांक हामीसँग छैन,’ उनी भन्छन्, ‘अध्ययन भइरहेकाको पनि तथ्यांक छैन ।’
विभागअन्तर्गत नै रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर भने १५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिरहेको सुनाउँछन् ।
केन्द्रले सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्दै आएको छ ।
‘केन्द्रबाट अहिले १५ वटा अध्ययनका क्रममा छन्,’ इन्जिनियर अधिकारी भन्छन्, ‘विशेषगरी हामीले अध्ययन मात्रै गर्छौं ।
ती अध्ययन भइरहेका सुरुङमार्गमध्ये केहीको अध्ययन सकिएको छ । केही जारी छ ।’
Post Views: 357