भारतबाट विद्युत आयात नगरे १० घण्टा लोडसेडिङ हुने

भारतबाट विद्युत आयात नगरे १० घण्टा लोडसेडिङ हुने: स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्कीले भारतबाट विद्युत आयात नगरे भने नेपालमा १० घण्टा लोडसेडिङ हुने चेतावनी दिएका छन्।

उनले भने, नेपाल जलविद्युतको धनी देश हो, तर अहिले पनि लोडसेडिङको सामना गर्नुपर्ने अवस्था छ।

उनका अनुसार, यदि भारतले विद्युत दिन नदिए, भने नेपालमा १० घण्टा लोडसेडिङ हुनेछ।

नेपाललाई १२ महिना लोडसेडिङमुक्त बनाउनका लागि विद्युत उत्पादनमा लगानी गर्न जरुरी छ।

अध्यक्ष कार्कीले भारत र बंगलादेशसँग विद्युत निर्यातको सम्झौता भएको भए पनि, विद्युत उत्पादनका लागि प्रोजेक्ट अगाडि नबढेको बताए।

उनले पीपीए (पावर पर्चेज एग्रिमेन्ट) तत्काल खोल्नुपर्ने माग पनि गरेका छन्।

उनले २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादनका लागि ६७ खर्ब र ट्रान्समिसन लाइनका लागि १० खर्ब लगानी आवश्यक रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *