अफगानिस्तानमा बस दुर्घटना

अफगानिस्तानमा बस दुर्घटना: अफगानिस्तानको मध्यभागमा रहेको राजमार्गमा इन्धन ट्यांकर र ट्रक एक आपसमा ठोक्किएर ५२ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्।

यो घटना काबुल र कान्दाहार बीचको गजनी प्रान्तमा बुधबार राति भएको हो। तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यसबारे जानकारी दिएका छन्।

घटनामा दुई स्थानमा सवारी दुर्घटना भएको थियो। मध्य गजनीको शाहबाज गाउँ नजिक एक बस इन्धन ट्यांकरसँग ठोक्किएको थियो भने अर्को बस ट्रकसँग ठोक्किएको थियो।

उद्धार टोली घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्याएको छ, र केहीको अवस्था गम्भीर छ।

अफगानिस्तानमा दशवर्षौंको युद्ध र कमजोर सडकका कारण सवारी दुर्घटनाहरू बारम्बार हुन्छन्।

मार्च महिनामा पनि दक्षिणी हेल्मान्ड प्रान्तमा एउटा बस र इन्धन ट्यांकर ठोक्किँदा २० भन्दा बढीको मृत्यु भएको थियो।

यसैगरी, सन् २०२२ को डिसेम्बर महिनामा अफगानिस्तानको सलाङ पासमा इन्धन ट्यांकर पल्टिएर आगो लाग्दा ३१ जनाको मृत्यु भएको थियो।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *