डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु

डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु: मुम्बईको समुद्री तट नजिक बुधबार एक डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ।

बीबीसी मराठीका अनुसार, स्थानीय समयअनुसार साँझ ५ः१५ बजे नीलकमल नामको डुङ्गा गेटवे अफ इन्डिया क्षेत्रबाट एलिफन्टा टापु तर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

नीलकमल डुङ्गा अर्को डुङ्गासँग ठोक्किएर पल्टिएको थियो।

यस डुङ्गामा लगभग ८० जना सवार थिए। दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगेको थियो।

भारतीय नौसेना, कोस्ट गार्ड, प्रहरी र स्थानीय मछुवाहरू उद्धार कार्यमा जुटेका छन्।

भारतका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भनेका छन्, “हामीले डुङ्गा दुर्घटनाको खबर पाएका थियौं। त्यसपछि तुरुन्तै नौसेना, तटरक्षक, बन्दरगाह र प्रहरीको टोलीलाई सहयोगका लागि पठाइएको छ।

हामी प्रहरी र स्थानीय प्रशासनसँग सम्पर्कमा छौँ। सौभाग्यवश, धेरैजसोलाई उद्धार गरिएको छ, तर उद्धार कार्य अझै जारी छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *