राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु

राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु: राजविराज विमानस्थलमा अब रात्रिकालीन उडान सुरु भएको छ। आइतबार बुद्ध एयरले राजविराजमा पहिलो रात्रिकालीन उडान गरेको हो।

अब देशभरका १० वटा विमानस्थलमा रात्रिकालीन उडान हुनेछन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले राजविराज विमानस्थलमा नयाँ प्रणाली, इन्स्ट्रुमेन्ट फलाइट ल्यान्डिङ (आएफआर) लागू गरेको हो।

यसबाट कम देखिने अवस्थामा र रात्रि समय पनि जहाज अवतरण गर्न सकिन्छ।

अब राजविराज विमानस्थलमा २ हजार मिटर भिजिविलिटीमा जहाज अवतरण गर्न सकिन्छ, जबकि पहिले ५ हजार मिटर भिजिविलिटी चाहिन्थ्यो।

बुद्ध एयरले शुक्रबार यस प्रणालीको परीक्षण उडान पनि गरेको थियो।

यो प्रणाली लागू भएपछि, हिउँदको समयमा कम भिजिविलिटीको कारण हुने उडान डिले वा रद्द हुने समस्यामा कमी आउने छ।

अब यात्रुहरूले समयमै उडान गर्न सक्नेछन्।

राजविराज विमानस्थलमा अहिले बुद्ध एयरले एटिआर-७२ जहाजबाट दैनिक एक उडान गर्दै आएको छ।

पहिले श्री एयरलाइन्सले पनि उडान गर्थ्यो, तर अहिले रोकिएको छ। विमानस्थलको धावनमार्ग १५९० मिटर लामो छ।

अब, राजविराजसँगै, १० वटा विमानस्थलमा रात्रिकालीन र आइएफआर उडान हुनेछन्। यसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, धनगढी, नेपालगन्ज, सिमरा, जनकपुर, चन्द्रगढी, विराटनगर र राजविराज विमानस्थल समावेश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *