नाइजेरियामा डुङ्गा दुर्घटना

नाइजेरियामा डुङ्गा दुर्घटना: शनिबार, मध्य नाइजेरियाको बेनु नदीमा काठको डुङ्गा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारी मेल्भिन जेम्सका अनुसार, बेनु राज्यमा व्यापारीहरू साप्ताहिक बजारबाट फर्किँदै गर्दा डुङ्गा दुर्घटना भएको हो।

उनले भने, “केही मानिसहरू अझै बेपत्ता छन्, र स्थानीय गोताखोरले खोजी र उद्धार कार्य गरिरहेका छन्।”

घटनामा मरेका मध्ये अधिकांश महिला र बालबालिका भएको प्रत्यक्षदर्शीले बताएका छन्।

नाइजेरियामा डुङ्गा दुर्घटना प्रायः ओभरलोडिङ र खराब मौसमका कारण हुने गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *