बेसमेन्ट पार्किङ भेन्टिलेसन जडान सुधार गर्नुपर्ने

बेसमेन्ट पार्किङ भेन्टिलेसन जडान सुधार गर्नुपर्ने: धरहरामा तीन तले बेसमेन्ट पार्किङ निर्माण गरिएको छ । जसमध्ये पहिलो तलामा मोटरसाइकल पार्किङका लागि मात्र खुला भएको छ ।

२०८० माघमा काठमाडौँ महानगरले न्युरोडको कालोपत्र सडकमा पार्किङ निषेध गरेपछि धरहराको बेसमेन्ट पार्किङ खुला गरिएको थियो ।

त्यसयता धरहराको बेसमेन्ट पार्किङमा सवारी पार्किङ हुँदै आएको छ ।

बाँकी दोस्रो र तेस्रो तला अझै निर्माणको काम सम्पन्न नभइसकेको निर्देशक अर्यालले बताए । ‘सिभिलवर्कस्को काम सकिइसकेको छ ।

भेन्टिलेसन सिस्टम जडानको काम भएको छ त्यसको प्रपर टेस्टिङ र एप्रुभल भएको छैन । किनभने हावा पर्याप्त मात्रामा पुग्नुपर्ने हुन्छ,’ निर्देशक अर्यालले भने, ‘भेन्टिलेसन सिस्टम पूर्ण रूपमा जडान सफल नभएसम्म हामीले पार्किङ सञ्चालन गर्न सक्दैनौँ ।’

अर्यालका अनुसार जडान भइसकेको भेन्टिलेसन टेस्टिङका लागि भेन्टिलेसन जडान फेरि सुधार गर्नुपर्ने देखिएको छ ।

सुधार गर्नका लागि डेढ महिना समय लाग्ने र तीन वटै तला सञ्चालनमा ल्याउन करिब तीन महिना लाग्ने देखिएको छ ।

यसै गरी सरकारले पार्किङ शुल्क लिने निर्णय गरे पनि शुल्क उठाउन समिति गठन गर्ने भएकाले हाललाई शुल्क नलिएको उनले बताए ।

शुल्क लिने भएपछि पार्किङ गरेका सवारी साधनको चौबिसै घण्टा सुरक्षासहित शुल्क उठाउने जनशक्ति आवश्यक पर्ने उनको भनाइ छ ।

धरहरा परिसरमा संग्राहलय बनाउने तयारी भएको छ । यसको लागि अहिले बिल्डिङमा फिनिसिङको काम भइरहेको जनाइएको छ ।

त्यसको परिसर सुधारको काम पनि भइरहेको छ । यसैगरी वाटर ट्रिटमेन्ट प्लान्टहरू राख्न बाँकी छ धरहरामा लाइटिङ सिस्टम मिलाउने काम पनि बाँकी छ । यी सबै निर्माण गर्न ५ देखि ६ महिनासम्म लाग्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *