लाल सागरमा डुङ्गा डुब्दा १६ जना बेपत्ता

लाल सागरमा डुङ्गा डुब्दा १६ जना बेपत्ता: पर्यटकहरू सवार डुङ्गा डुब्दा लाल सागरमा १६ जना बेपत्ता भएको इजिप्टका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अरू २८ जनाको भने उद्धार गरिएको छ ।

हराइरहेको मध्ये २ जना बेलायती नागरिक रहेको बताइएको छ । यस घटनामा आफ्ना एक पर्यटक हराएको फिनल्यान्डले पनि पुष्टि गरेको छ ।

त्यस्तै चार इजिप्शियन नागरिक बेपत्ता रहेको अधिकारीहरूले भनेका छन् ।

डुङ्गामा ४४ जना सवार थिए । यसमध्ये १३ जना क्रु मेम्बर थिए ।

दुर्घटनाको कारण थाहा हुन सकेको छैन । छालले डुङ्गालाई हिर्काउँदा यो पल्टिएको हुन सक्ने उद्धार गरिएका यात्रीले बताएका छन् ।

मौसम विभागले पनि आइतबार र सोमबार सामुद्रिक गतिविधि नगर्न चेतावनी दिएको थियो ।

डुङ्गा पाँच दिनको यात्रामा आइतबार मार्सा अलाम नजिक रहेको सी स्टोरी लेफ्ट बन्दरगाहबाट हिँडेको थियो ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *