बोलेरोको ठक्करले मोटरसाइकल चालकको मृत्यु

बोलेरोको ठक्करले मोटरसाइकल चालकको मृत्यु: पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका-१ स्थित कमल पुलमा बुधवार बिहान अन्दाजी ५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो र विपरीत दिशाबाट जाँदै गरेको मे ६ प २५१४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो  ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी-८ का अन्दाजी वर्ष ३५ का #खेमराज थापा घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र उपचारको क्रममा बिहान ६:५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बोलेरो चालक मेचीनगर नगरपालिका-८ बस्ने ३१ वर्षीय विशाल खवासलाई गाडीसहित इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जनाइएको छ ।

यसअघि मृतकको नाम अन्यथा पर्न गएकोमा सच्याइएको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *