नेपालको विद्युत् आज बंगलादेश निर्यात: शुक्रबार नेपालको ४० मेगावाट विद्युत् भारतीय प्रसारण लाइनमार्फत सीमा नै नजोडिएको क्षेत्रीय मुलुक बंगलादेशमा निर्यात हुने भएको छ ।
शुक्रबार दिउँसो १२:४५ बजेदेखि राति १२ बजेसम्म अर्थात् ११ घण्टा १५ मिनेट ४० मेगावाट विद्युत् निर्यात गरिनेछ ।
सम्झौताअनुसार यस वर्ष (सन् २०२४) शुक्रबार मात्रै बंगलादेशमा विद्युत् निर्यात हुनेछ ।
गत असोजमा नेपाल, भारत र बंगलादेशबिच भएको विद्युत् निर्यातसम्बन्धी सम्झौताअनुसार १५ जुनदेखि १५ नोभेम्बरसम्म मात्रै नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न पाइन्छ ।
शुक्रबार नोभेम्बर १५ तारिख हो । त्यसपछि १५ जुन ०२५ देखि पुनः बंगलादेशमा विद्युत् निर्यात गरिनेछ ।
नेपालबाट बंगलादेशमा विद्युत् निर्यात दक्षिण एसियामा यो पहिलो उपक्षेत्रीय विद्युत् व्यापार हुनेछ ।
Visit homepage : eautonepal.com