बंगलादेशले किन किन्छ नेपाली बिजुली ?

बंगलादेशले किन किन्छ नेपाली बिजुली ? : अहिले बंगलादेशमा विद्युत्को माग २५ हजार मेगावाट हाराहारी छ ।

तर, त्यहाँ पर्याप्त विद्युत उत्पादन छैन । अहिले बंगलादेशले कोइला तथा डिजेल पावर प्लान्टबाट विद्युत् उत्पादन गर्दै आएको छ ।

पछिल्लो समय डिजेल र कोइलाको मूल्य अत्यधिक मात्रामा बढ्दा बंगलादेशमा विद्युत् उत्पादन महँगो भएको छ ।

बंगलादेश डिजेल तथा कोइला पावर प्लान्टका कारण बढ्दो वातावरणीय प्रदूषण कम गर्नुपर्ने दबाबमा छ । तर, बंगलादेशसँग डिजेल तथा कोइला पावर प्लान्ट बन्द गर्ने अन्य विकल्प छैन ।

त्यहाँ सोलार राख्ने जमिन अभाव छ र नेपालको जस्तो स्वच्छ जलविद्युत् उत्पादन गर्ने सम्भावना छैन ।

त्यसकारण बंगलादेशले बिजुली आयात गर्नुपर्ने बाध्यता छ ।

अहिले बंगलादेशले भारतबाट विद्युत् आयात गरिरहेको छ । उसले सन् २०४० सम्म छिमेकी मुलुकबाट ९–१० हजार मेगावाट विद्युत् आयात गर्ने बताइसकेको छ ।

यस्तोमा नेपाली विद्युत् उसका लागि महत्वपूर्ण छ । बंगलादेशले खोजेको स्वच्छ ऊर्जा हो, जुन नेपालमा पर्याप्त छ ।

उता भारतमा पनि अधिकांश विद्युत् कोइलाबाट उत्पादन गरिन्छ ।

त्यसमाथि भारतले पनि नेपालबाटै विद्युत् आयात गर्दै आएको छ । त्यो अवस्थामा बंगलादेश नेपाली बिजुलीको लागि ठुलो बजार हो ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *