राज्यमन्त्री तामाङले अलपत्र पारेका सडक

राज्यमन्त्री तामाङले अलपत्र पारेका सडक:

राज्यमन्त्री तामाङको कन्स्ट्रक्सनले डिभिजन वन कार्यालय वीरेन्द्रनगर अगाडिको एक सय ८१ मिटर सडक निर्माण गर्न जिम्मा पाएको थियो, तर अहिलेसम्म नाला र सब बेसको काम भए पनि बेस राख्ने र कालोपत्रे गर्ने काम पूरै बाँकी रहेको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।

त्यस्तै, दुई सय २५ मिटर लम्बाइ भएको खारखोली टेलिकम सडक निर्माण पनि अधुरो छ ।

उक्त सडकमा नाला र सब बेस निर्माण भए पनि कालोपत्रे हुन नसकेको निमित्त निर्देशक शाहीले बताए ।

उक्त कम्पनीले तीन सय ३४ मिटर लामो खारखोली हटलाइन सडक पनि बेस राखेर अधुरो छाडेको छ ।

सव बेस राखेर निर्माणको काम थालिए पनि कालोपत्रे गर्न बाँकी रहेको छ ।

इत्राम खोला–जिल्ला प्रहरी कार्यालय चार सय मिटर सडकको दायाँतर्फ दुई सय सात मिटर र बायाँतर्फ दुई सय ९७ मिटर नाला निर्माण गरी बाँकी काम त्यसै छाडिएको छ ।

‘उक्त सडकको करिब एक सय ५० मिटर क्षेत्रमा सब बेसको काम भएको छ,’ शाहीले भने ।

जिल्ला अदालत–मुख्यमन्त्री कार्यालय–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय जोड्ने ६ सय ३५ मिटर सडकमा नाला निर्माण गरी करिब दुई सय मिटरमा बेस राखिएको बताउँदै उनले तीन सय ५० मिटर सडकमा ग्राभेल मात्र बिछ्याइएको छ ।

राज्यमन्त्री तामाङको निर्माण कम्पनीले ठेक्का दिने कार्यालय अगाडिको सडकसमेत अलपत्र पारेको छ ।

शाहीका अनुसार पूर्वाधार विकास निर्देशनालय अगाडीको दुई सय ४० मिटर सडकसमेत उक्त कम्पनीले अलपत्र पारेको छ ।

त्यसैगरी, बस्नेत नर्सरी–पुरानो वार्ड कार्यालय, कर्णाली प्रदेश प्रहरी कार्यालय–खारखोली एक सय ११ मिटर सडक, कालिञ्चोक–मिलनचोक तीन सय ८८ मिटर सडक, मोडेल कलेजदेखि उत्तर पश्चिम सात सय ३० मिटर सडक र गण्डकी लाइन–मुख्य बजारभित्रको एक सय २० मिटर सडक पनि अलपत्र पारिएको छ ।

कान्छाराम कन्स्ट्रक्सनले महिला छात्रावास–दैलेख रोड चार सय ४० मिटर सडक, लालुपाते उत्तर दुई मिटर सडकमा बेस राखे पनि कालोपत्रे गर्न बाँकी रहेको पूर्वाधार विकास डिभिजन कार्यालयले जनाएको छ ।

Visit homepage : eautonepal.com 

Leave a Reply

Your email address will not be published. Required fields are marked *