पेट्रोल अन्वेषण स्थलमा पर्यटकको घुइँचो

पेट्रोल अन्वेषण स्थलमा पर्यटकको घुइँचो: दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण अवलोकन गर्न पर्यटकको घुइँचो लाग्न थालेको छ ।

दिनहुँ दुई सयदेखि तीन सयसम्म पर्यटक आउने गरेका स्थानीयको भनाइ छ ।

अहिले जलजले क्षेत्रमा होटेल व्यवसाय गर्ने व्यापारीहरू पनि निकै खुसी देखिएका छन् ।

एक वर्षअघि दैनिक करिब पाँच सय मात्रै व्यापार हुने उक्त क्षेत्रमा अहिले दैनिक १० हजारसम्म  व्यापार हुने गरेको जलजलेका व्यापारीहरू बताउँछन् ।

मध्य पहाडी सडक खण्डको एक सय २५ किलोमिटर सडक पूर्ण रूपमा कालोपत्रे भएसँगै समग्र दैलेखको आर्थिक अवस्था सुधारका बाटाहरू खुलेका छन् ।

दैलेखको शिरस्थाननजिकै जलजले क्षेत्रमा सुरु गरिएको पेट्रोलियम अन्वेषण स्थल, मध्य पहाडी राजमार्गसँगै जोडिएका छन् ।

कर्णाली प्रदेशको रारा घुम्ने पर्यटकहरूको फर्कने क्रममा यतिवेला दैलेखको पञ्चकोशी ज्वाला क्षेत्र र अन्वेषण स्थल पुग्ने गरेका छन् ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *