मिसाइल आक्रमणको चेतावनी

मिसाइल आक्रमणको चेतावनी: युक्रेनी राष्ट्रपतिका “चिफ अफ स्टाफ” ले राजधानीमा मिसाइल आक्रमणको चेतावनी दिएपछि  अधिकारीहरूले देशव्यापी रुपमा आक्रमणको चेतावनी जारी गरेका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै एन्ड्री यर्माकले टेलिग्राम मार्फत  “पुटिनले  पछिल्लो समयमा किभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको जनाएका छन् ।

युक्रेनी सेनाले यसअघि बुधबार देशको हवाई क्षेत्रमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभ तर्फ गइरहेको चेतावनी दिएको थियो ।

“सावधान ! चेर्निहिभ क्षेत्रमा मिसाइल किभ क्षेत्रतर्फ गइरहेको छ“, भन्ने सूचना टेलिग्राम मार्फत जारी गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उनका तीन बच्चाहरूको हत्यासहित एक हप्ताको निरन्तर आक्रमण पछि यो आक्रमण भएको हो ।

पछिल्लो समयमा  मस्को र किभले एक अर्कालाई लक्षित  गरी रातारात विभिन्न  आक्रमणहरू  गरिरहेका छन् ।

रूसी क्षेत्र कुर्स्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेनस्कीले चेतावनी दिएका छन् ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *