इन्ड्राइभले लन्च गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा

इन्ड्राइभले लन्च गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा: इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ ‘इन्ड्राइभ कम्फटर्‘ फिचर सुविधा सुरु गरेको छ।

यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउँछ।

कम्फोर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवा प्रदान गर्न समर्पित तथा हाइरेटिङ्ग गरिएका ड्राइभरहरूका साथ यात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त छ।

नयाँ सुविधासँगै, नेपाली यात्रुहरूले अब थप आरामदायी र सुविधाजनक यात्राको आनन्द लिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्नेछन्।

इन्ड्राइभ साउथ एशियाका सिनियर मार्केटिङ म्यानेजर अविक कर्माकारले भने, ‘इन्ड्राइभमा, हामी हाम्रा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न किफायती, सुविधाजनक वा थप कम्फोर्ट सवारी विकल्पहरू प्रदान गर्न समर्पित रहेका छौं।

इन्ड्राइभ कम्फर्ट राइडको सुरुवात नेपालमा इन्ड्राइभको लागि आकर्षक विकास हो।

हामी हाम्रा प्रयोगकर्ताहरूको विशिष्ट आवश्यकताहरू पूरा गर्ने उपयुक्त सवारी विकल्पहरू प्रस्ताव गर्न प्रतिबद्ध छौं।

इन्ड्राइभ कम्फर्टको साथ, यात्रुहरूले फराकिलो, रमाइलो र उचित मूल्यको सवारीको प्रतीक्षा गर्न सक्छन, जबकि हाम्रा चालक साझेदारहरूले उत्कृष्ट सेवा प्रदान गर्ने थप अवसरहरू प्राप्त गर्छन्।’

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *