बसमा चढ्ने क्रममा खसेर एकको मृत्यु

बसमा चढ्ने क्रममा खसेर एकको मृत्यु : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका– ९ खैरेनीमा बस चढ्ने क्रममा बसबाट खसेर एकजनाको मृत्यु भएको छ ।

प्रतापपुर गाउँपालिका– ९ खैरेनीस्थित त्रिवेणीदेखि बर्दघाटतर्फ जाँदै गरेको लु.१ख ३६६३ नम्बरको बसमा चढ्ने क्रममा प्रतापपुर– ९ निवासी ३४ वर्षीय जगदीश थारूको बसबाट खसेर मृत्यु भएको हो ।

बसबाट खसेर घाइते भई उपचारका लागि स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा लगिएकोमा भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा थारूको निधन भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *