खुदी सबस्टेसन निर्माण तीन महिनामा सकिने: लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३, खुदीमा निर्माणाधीन दुई सय २० केभी क्षमताको सबस्टेसन तीन महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका काम जारी छन् ।
मर्स्याङ्दी करिडोर दुई सय २० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका– १, धारापानीमा दुई सय २० केभी क्षमताको सबस्टेसन निर्माण भइरहेको छ ।
अहिले सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरूको काम भइरहेको प्राधिकरणले जनाएको छ ।
धारापानी र खुदी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू रहनेछन् ।
दुवै सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिको आवश्यक व्यवस्था गरिएको छ । निर्माण सम्पन्न भई सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति सुरु भएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।
मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर दुई सय २० केभी प्रसारणलाइन आयोजना सुरु गरिएको हो ।
Visit homepage : eautonepal.com