बागलुङको निसीखाेलामा बस दुर्घटना

बागलुङको निसीखाेलामा बस दुर्घटना: बागलुङको निसीखोला गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत निसीखोला– ६, जाहुलेपानीमा बस दुर्घटना भएको हो।

रुकुमबाट काठमाडौं जाँदै गरेको ना ८ ख ८४१४ नम्बरको बसमा ४० देखि ४५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनील शर्मा चिलवालले जानकारी दिए।

चिलवालका अनुसार दुर्घटनामा चारजना गम्भीर र १७ जना सामान्य घाइते भएका छन्।

काठमाडौंका लागि छुटेको रात्रिबस दिउँसो ४ः३० बजेको आसपासमा दुर्घटना भएको थियो।

घाइतेको उपचारका लागि ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।

ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनास्थलमा उद्धारका लागि प्रहरीको टोली पुगेको छ भने घटनाको थप विवरण आउन बाँकी छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *