ट्राफिक प्रहरीको सहयोग गर्ने घोषणा

ट्राफिक प्रहरीको जिम्मेवारीसँगै सामाजिक अभियानमा सक्रिय जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक ठाकुरप्रसाद भट्टराईले अनाथ महिला तथा बालबालिहरुको पालन– पोषणमा गर्दै आएको आवाज नेपाल दोलखालाई वार्षिक २० हजार रुपैयाँ  सहयोग गर्ने घोषणा गरेका छन् ।

आफ्नो ४५ औं  जन्मदिनको अवसरमा दोलखाका ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक भट्टराईले आवाज नेपालका अध्यक्ष सिर्जना कार्कीलाई उक्त प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक भट्टराईले आवाज नेपालको अध्यक्ष सिर्जना कार्कीले धेरै अनाथ, असहाय महिला तथा बालिकाहरुको रेखदेख गरेर उत्कृष्ट सामाजिक काम गरेको देखेर आफूले आफ्नो पारिश्रमिक रकमबाट वार्षिक २० हजार सहयोग गर्ने घोषणा गरेको बताए ।

आफूले वार्षिक रुपमा उपलब्ध गराउने वार्षिक २० हजार रुपैयाँले कमसेकम एक जना बालिकालाई एकबर्ष सामान्य खर्चपुुग्ने आफ्नो अपेक्षा रहेको भट्टराईको भनाई छ ।

आफू  अहिले जागिरको सिलसिलामा दोलखा रहेको र पछि अन्यत्र सरुवा भएर जाँदा पनि आवाज नेपाललाई दिने वार्षिक २० हजार सहयोग कायमै रहने भट्टराईले बताए ।

यो सहयोग म आजिवन गर्ने छु – प्रहरी सहायक निरीक्षक भट्टराईले भने ।

आवाज नेपाल दोलखामा हाल २९ जना महिला तथा बालिका रहेको अध्यक्ष सिर्जना कार्कीले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *