म्याग्दीको रघुगङ्गा खोलामा ५ जलविद्युत् आयोजना

म्याग्दीको रघुगङ्गा खोलामा ५ जलविद्युत् आयोजना: रघुगङ्गा गाउँपालिमा १६७.३ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

संसारको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन् ।

तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र विद्युत् उत्पादनको तयारी गरेको छ ।

‘८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन्’, अध्यक्ष भडारीले भने, ‘४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोलाको निर्माणले पनि गति लिएको छ ।’

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *