तीन महिनामा ६ अर्बको खाद्यान्न आयात

तीन महिनामा ६ अर्बको खाद्यान्न आयात: नेपालमा चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार साउन भदौ र असोज गरी तीन महिनामा ६ अर्ब ९७ करोड २० लाख ९० हजार रुपैयाँको खाद्यान्न वस्तु आयात भएको हो ।

यस्तै सो तीन महिनामा १ करोड ७ लाख ५७ हजार रुपैयाँको मात्रै खाद्य वस्तु निर्यात  गरिएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब ९६ करोड १३ लाख ३३ हजार रुपैयाँ नेपालले खाद्यान्नमा व्यापार घाटा व्यहोरेको छ ।

यस्तै, सो कारोबारबाट सरकारले ६३ करोड २७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

सो अवधिमा १ लाख २४ हजार ११८ मेट खाद्यान्न आयात भएको हो ।

यी खाद्यान्न चीन, भारत, ब्रजिल, थाइल्याण्ड लगायत मुलुकबाट आयात हुन्छ ।

यहाँबाट, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्य वस्तु आयात हुने विभागको तथ्याङ्कमा उल्लेख छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *