कस्टमाइज्ड भएर आयो लुयानको S90

कस्टमाइज्ड भएर आयो लुयानको S90: नेपाली बजारमा गत असारमा सार्वजनिक भएको लुयानको S90 अहिले कस्टमाइज्ड भएर आएको छ ।

पहिलेको मोडेलमा भएको भन्दा अझै बढी पावरको मोटर जडान भएर आएको छ ।

अहिले ३ हजार वाट क्षमताको लिक्विड कुल्ड मोटर जडान भएर आएको हो ।

नेपाली बजारमा पावर कै लागि परिचित भएको भएर पनि अहिलेको मोडेलमा पावर बढाएर ल्याएको कम्पनीले जनाएको छ ।

प्राय इलेक्ट्रिक स्कुटरका मोटरहरु बाहिरको हावाले मात्र चिसिने प्रविधि हुँदा केहि कमजोर भएका हुन् भन्दै कम्पनीका सेल्स हेड शंकर शर्मा भन्नुहुन्छ – लुयानका हरेक स्कुटरमा लिक्विड कुल्ड मोटर हुने हुँदा यसको तान्ने क्षमता अत्याधिक हुने गर्दछ ।

७२ भोल्ट ३८ एएचको ग्राफिनी बेट्रि भएकाले यसले एकपटकको फुल चार्जमा करिब १०० देखि १२० किलोमिटर सम्म रेन्ज दिने अनुमान गर्न सकिन्छ ।

दुबै पाँग्राहरु १२ इन्चको दिइएको छ भने डिस्क बे्रक पनि दुबै पाँग्रामा दिइएको छ । S90 मा डबल डिस्प्ले क्लस्टर रहेको छ ।

यसमा एनएफसी अनअफ तथा एन्टिथेप्ट अलार्म समेत रहेको छ ।

ओरालोमा चलाउँदा आफै बेट्रि चार्ज हुने प्रविधि रिजेनरेटिभ बे्रकिङ्ग सिस्टमको साथै व्हिल लक सिस्टम समेत यो मोडेलमा रहेको छ ।

विगत ५ बर्ष देखि नेपाली बजारमा लुयानले आफ्ना स्कुटरहरु बिक्रि वितरण गर्दै आइरहेको छ ।

लुयानले MNK3 मोडलको स्कुटर नेपाली बजारमा करिब १ हजार भन्दा बढी बेचिसकेको छ ।

अहिले पठाउ जस्ता राइड सेरिङ्ग कम्पनीमा लुयानको MNK3 निक्कै प्रयोग भइरहेको पाइन्छ ।

लुयानले अन्य इलेक्ट्रिक स्कुटर भन्दा आफ्ना स्कुटरहरु फरक र गुणस्तरीय भएको दावी गर्दछ ।

कम्पनीका अनुसार इलेक्ट्रिक स्कुटरहरु पेट्रोल स्कुटर भन्दा कमजोर हुन्छन् भन्ने भ्रमलाई चिर्न सफल भएको जनाएको छ ।

कम्पनीले काठमाण्डौं भ्याली भित्र मात्र करिब ९ ठाउँहरुमा यसको सर्भिस सेन्टरहरु सँचालनमा ल्याएको छ ।

यो पनि इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताहरुको लागि सहज र आकर्षणको बिषय भएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *