सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध: सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ ।

छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा खसेको पहिराले सडक अवरूद्ध भएको हो ।

दुई साताअघि सोही ठाउँमा सुक्खा पहिरो खस्दा पाँच दिनसम्म सडक अवरुद्ध बनेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताए ।

उनका अनुसार पटकपटक खस्ने सुक्खा पहिरोले जिल्लाको यातायात सेवा प्रभावित हुँदैआएको छ ।

पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले सडक खुलाउने कार्य जारी रहेको बताए ।

उनले लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लागेको बताए ।

पहिरो खस्दा लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन् ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *