मिसेस नेपाल वर्ड २०२४ हालै सम्पन्न: काठमाडौंमा हालै सम्पन्न मिसेस नेपाल वर्ड २०२४ मा डेनिला कार्कीले विजेताको उपाधि हासिल गरेकी छिन् ।
उनी आगामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्न अमेरिकामा जानेछिन् ।
त्यस्तै, मिसेस नेपाल इन्टरनेशनल २०२४ को उपाधि रेश्मा घिमिरे र सुयसा राउतले संयुक्त रूपमा जितेका छन्, जसले सिंगापुरमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रतियोगितामा अन्य शीर्षकहरूमा पनि प्रतिभाशाली महिलाहरूले सफलता हात पारेका छन् ।
पहिलो रनर–अप एलिना घिमिरे घोषित भइन्, दोस्रो रनर–अप किरण कार्की, तेस्रो रनर–अप अनु कार्की, र भ्यूअर्स च्वाइसको उपाधि नानु सिंहले जितेकी छिन् ।
यस प्रतियोगितामा सहभागी भएका महिलाहरूले आफ्नो आत्मविश्वास र नेतृत्व क्षमतालाई मञ्चमा प्रस्तुत गरी निर्णायकहरू तथा दर्शकहरूलाई प्रभावित पारेका थिए ।
प्रतियोगिताको आयोजना रिबन इन्टरटेन्मेन्टले गरेको हो ।
आयोजकका एम डि निशुकान्त झाको भनाइअनुसार, यो कार्यक्रम महिलाहरूलाई सशक्त बनाउन र उनीहरूको नेतृत्व क्षमतालाई अझै उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान बढाउन मिसेस नेपाल वर्ड र मिसेस नेपाल इन्टरनेशनल विजेताहरूको यस यात्राले थप योगदान दिनेछ ।
यस कार्यक्रमको प्रमुख अतिथि अनुराधा कोइराला थिइन्, जसले विजेताहरूलाई पुरस्कार वितरण गरिन् ।
कार्यक्रममा विशेष अतिथिको रुपमा बरिष्ठ कलाकार बसुन्धरा भुसालको उपस्थिति पनि थियो ।
Visit homepage : eautonepal.com