तुलसीपुरमा जीप दुर्घटना

तुलसीपुरमा जीप दुर्घटना: दाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सल्यानको कोईलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर-३ साततलेमा दुर्घटनामा हुँदा दंगीशरण गाउँपालिका-४ बैबाङ निवासी २२ वर्षीय चालक हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी १९ वर्षीय  सुरेश खड्काको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  ।

शनिबार बिहान साढे ३ बजेतिर जीप दुर्घटनामा परेको हो ।

जीप सडकबाट करिब ३०० मिटर तल खसेको छ । जिपमा ५ जना यात्रु सवार थिए ।

अन्य तीन जना यात्रु पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *