कान्ति लोकपथमा बोलेरो दुर्घटना

कान्ति लोकपथमा बोलेरो दुर्घटना: हेटौँडालाई काठमाडौंसँग जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको बगुवामा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

भट्टेडाँडा प्रहरी चौकीले दिएको जानकारीअनुसार दक्षिण ललितपुरको बगुवानजिकै मासखोलास्थित कान्ति लोकपथमा ग.२च ९६६८ नम्बरको कुखुरा बोकेर हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बोलेरो गाडी बुधबार बिहान दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटनामा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

चालक चितवन भरतपुर– १६ का अन्दाजी २७–२८ वर्षीय भरत लामिछाने रहेकाे प्रहरीले जानकारी दिएको छ।

सहचालकको परिचय खुल्न सकेको छैन। गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि पाटन अस्पताल लगिएको छ।

गाडी सडकबाट खसेर भिरमा चार–पाँच सय मिटर तल पुगेको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *