ईभी ब्याट्रीको मूल्य

ईभी ब्याट्रीको मूल्य: विद्युतीय सवारीलाई डोर्‍याउने शक्ति ब्याट्री नै हो।

विगतमा ब्याट्रीको मूल्य महाँगो भएकै कारण विद्युतीय कारको मूल्य पनि निक्कै महँगो थियो।

अहिले सिनारियो बदलिएको छ।

ब्याट्रीमा प्रयोग हुने पदार्थहरुको म्रलय घटेको र ब्याट्रीको माग बढेका कारण यसको उत्पादन उल्लेख्य रुपमा बढेको छ।

विद्युतीय कारको स्वीकार्यता बढ्दै गएकाले ब्याट्रीलगातको आविस्कारमा नवीनता थपिँदै गएको छ।

सोहीकारण ब्याट्रीसहित कारको मूल्यमा दिनानू दिन केही न केही कम हुँदै गइरहेको छ भन्दा फरक पर्दैन।

२०२२ को अन्त्यतिरको तुलनामा लिथियमको मूल्य करिब ९० प्रतिशत घटेको छ। यसको मुख्य कारण कच्चा पदार्थको उत्खनन बढ्नु हो।

यसको प्रत्यक्ष प्रभाव ईभीमा प्रयोग हुने लिथियम आयन ब्याट्रीको मूल्य पनि उल्लेख्य रुपमा गिरावट आइरहेको छ।

पछिल्लो १० वर्षमा लिथियम आयन ब्याट्रीको मूल्यमा निक्कै कमी आएको भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ।

क्यापिटालिस्टको साझेदार बेन्चमार्क मिनरल इन्टेलिजेन्सले उपलब्ध गराएको तथ्यांकका आधारमा लिथियम आयन ब्याट्री ब्यापक रुपमा घट्दो ग्राफ प्रस्तुत गरिएको हो।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *